Nic Ad Nic Ad
Nic Ad Nic Ad

मतदानका लागि मतदाता आतुर, उपत्यका छाड्नेको लर्को

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– स्थानीय तह निर्वाचनका लागि काठमाडौँबाट गाउँ फर्कनेको लर्को लागेको छ । आगामी शुक्रबार (३० वैशाख) मा हुने निर्वाचनमा मतदानका लागि गाउँ जानेहरुको भीड लाग्न थालेको छ । आज बिहानैदेखि उपत्यकाबाट बाहिरिने काठमाडौँको कोटेश्वर, नयाँ बसपार्क, बालाजु माछापोखरी, कलंकी, बल्खुलगायतका स्थानमा सवारी साधनको चाप रहेको छ । जसका कारण ती क्षेत्रमा ट्राफिक जामसमेत भएको छ । प्रहरीका अनुसार अहिले काठमाडौंँ आउनेभन्दा बाहिरिने बढिरहेका छन् । आजदेखि विद्यालयसमेत बन्द भएको र मतदानका लागि आज र भोलि मतदाता परिचयपत्र वितरण हुने भएकाले मतदानको अघिल्लै दिन गाउँ पुक्नेहरुको भीड ह्वात्तै बढेको छ । मतदातालाई गाउँ लैजान विभिन्न राजनीतिक दललेसमेत सवारी साधनको व्यवस्था गरेका छन् । स्थानीय जनप्रतिनिधि चयनका लागि मतदान गर्न गाउँ जाँदै गरेकाहरुको मुहारमा उत्साह देखिएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०५:०४
प्रतिक्रिया दिनुहोस्