Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतले श्रीलंकामा सेना पठाउन लागेको हो ?

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– आर्थिक र राजनीतिक  संकटग्रस्त श्रीलंकामा सरकार विरोधी प्रदर्शनले हिंसात्मक रुप लिँदै गएको छ । अनियन्त्रित प्रदर्शनका कारण सुरक्षामा चुनौती थपिएको छ । उग्र बन्दै गएका प्रदर्शनकारीले राष्ट्रपति गोटाबाय राजापाक्षेलगायत ५० बढी नेताहरुको निवासमा समेत आगजनी गरेका छन् । हिंसात्मक आन्दोलनमा परी हालसम्म ८ जनाको मृत्यु भइसकेको छ भने २ सय बढी घाइते भएका छन् । स्थितिलाई नियन्त्रणमा लिन देशभर कफ्र्यू आदेश जारी गरिएको छ । सार्वजनिक सम्पत्तीमाथि क्षति पुर्‍याउने व्यक्तिलाई गोली हानी मार्नेसम्मको अधिकारी सेना र प्रहरीलाई दिइएको छ । यसबीचमा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा भारतले श्रीलंकामा सेना पठाउन लागेको विषय चर्चामा आएको छ । तर, सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा तीव्र रुपमा फैलिएको यो खबरको भारतले खण्डन गरेको छ । श्रीलंकास्थित भारतीय उच्चायोगले भारतले सेना पठाउन लागेको खबरलाई अस्वीकार गर्दै यस्ता विचारहरु भारत सरकारसँग मेल नखाने जनाएको छ । भारतीय उच्चायोगले भारत श्रीलंकाको लोकतन्त्र, स्थिरता तथा आर्थिक सुधारका लागि उसको प्रयासको पूर्ण रुपमा समर्थन गर्ने स्पष्ट पारेको छ । आर्थिक संकट तथा राजनीतिक अस्थिरताबाट पछिल्लो समय श्रीलंका गुज्रिरहेको छ । यस्तै, व्यापक विरोधपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएका महिन्दा राजापाक्षे र उनको परिवारले देश छाडेको अड्कलबाजी बीच उनका छोराले देश नछाडेको स्पष्ट पारेका छन् । महिन्दा राजापाक्षेका छोरा तथा खेल मन्त्री नमल राजापाक्षेले समाचार संस्था एएफपीसँग राजापाक्षे परिवारले देश छाड्ने योजना नभएको बताएका हुन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १७:१४
प्रतिक्रिया दिनुहोस्