Nic Ad Nic Ad
Nic Ad Nic Ad

युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गरिने

बिहीबार, मंसिर ८, २०७९

किभ - युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गरिने भएको छ । युक्रेनको सरकारले सो कुरा जनाएको छ । युक्रेनका प्रधानमन्त्री डेनिस समहालले मंगलबार युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गरिने जानकारी दिएका हुन् ।

उनले युक्रेनको मन्त्रिपरिषदले हालै मात्र युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गर्ने विषयको कानुन बनाएको र सो सम्पत्ति जफत गर्ने अनुमति दिएको बताए । प्रधानमन्त्री सामहालले मंगलबार भनेका छन्, ‘अब युक्रेनमा रहेका रुसका सबै प्रकारका भौतिक सम्पत्तिहरु युक्रेन राज्यको मातहतमा आएका छन्, मंगलबारको मन्त्रिपरिषदको बैठकले सो कानुन बनाएको छ ।’

युक्रेनले रुसको आक्रमणबाट ध्वस्त बनाएका संरचनाहरुको पुनर्निर्माणका लागि एक कोषको स्थापना गरेको जनाएको छ । रुसको सो सबै सम्पत्ति उक्त कोषमा जम्मा हुने गरी कानुन बनाएको उनले बताए । युक्रेनका प्रधानमन्त्रीले युक्रेनले विश्वका अरु देशसँग पनि ती देशमा रहेका सम्पत्तिहरु जफत गर्ने विषयमा पनि अनुरोध गर्ने जनाएको छ । ती सम्पत्तिहरु ती देशहरुले जफत गरी युक्रेनको पुनर्निर्माणसम्बन्धी कोषमा जम्मा गर्ने गरी काम गर्न अनुरोध गरिने जानकारी उनले दिएका हुन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १७:१५
प्रतिक्रिया दिनुहोस्