यी हुन् दक्षिण भारतीय चलचित्र उद्योगका फरक चार क्षेत्रीय चलचित्र
पछिल्लो समय उत्तर भारतमा दक्षिण भारतीय चलचित्रहरुको लोकप्रियता बढ्दै गएको छ । सामान्यतया दर्शकहरु दक्षिण भारतीय चलचित्रहरु सबै एक हुन् भन्ने सोच्दछन् । तर दक्षिण भारतीय चलचित्रमा चार वटा फरक फरक क्षेत्र रहेका छन् ।
ती चलचित्र क्षेत्रमा अभिनेता अभिनेत्रीहरु पनि फरक रहेका छन् ।
भारतको आन्ध्र प्रदेश र तेलंगानामा हेरिने चलचित्र तेलुगू भाषाका हुन्छन् । जसलाई टलिउड भनिन्छ । त्यस्तै तमिलनाडुमा बन्ने चलचित्रहरुलाई कलिउड नामले चिन्ने गरिएको छ ।
त्यसैगरी मलयालम भाषाको चिलचित्रलाई मालिउडको नामबाट चिनिन्छ । र कनार्टकको कन्नड भाषाको चलचित्रलाई सैंडलउड भनिन्छ । यी चलचित्र क्षेत्रको बारेमा थप जानकारी यसप्रकार छ ।
टलिउड आन्ध्र प्रदेश र तेलंगानामा हेरिने तेलुगु भाषाका चलचित्रलाई टाँलिवुड भनिन्छ । जुन पछिल्लो समय दक्षिण भारतीय चलचित्र क्षेत्रको सबैभन्दा नाम चलेको चलचित्र क्षेत्र हो । यसको मुख्य कारण पछिल्लो केही वर्षदेखि भारतमा मात्र नभएर विश्वमा यस क्षेत्रका चलचित्रलाई दर्शकहरुले मन पराउने गरेका छन् । यस चलचित्र क्षेत्रलेहालसम्म बाहुबली , पुष्पा र आरआरआर जस्ता सुपरहिट चलचित्रहरु निर्माण गरेका छन् । पछिल्लो केही वर्षमा तेलेगु चलचित्र क्षेत्र भारतीय चलचित्र क्षेत्रमा सबैभन्दा धेरै कमाई गर्ने चलचित्र उद्योगमा परेको छ ।
कलिउड दक्षिण भारतीय चलचित्र क्षेत्रको दोस्रो ठूलो चलचित्र क्षेत्रको रुपमा कलिउड पर्दछ । भारतीय चलचित्र क्षेत्रका दर्शकहरुले तमिल चलचित्रहरु पनि धेरै हेर्न रुचाउन थालेका छन् । अजय देवगनको सुपरहिट चलचित्र सिंघमदेखि अक्षय कुमारको सुपरहिट राउडी राठौरसम्म अथाव सलमान खानको नो एन्ट्रीदेखि तेरे नाम सम्मका हरेक चलचित्र तमिल चलचित्रको रिमेक चलचित्रहरु हुन् ।
मालिउड दक्षिण भारतीय चलचित्र उद्योगको तेस्रो चलचित्र क्षेत्रको नम्बरमा केरलाको मलयालम चलचित्र पर्दछ । जसलाई मालिउड भनिन्छ । तेलुगु र तमिलको बराबरीमा मलयालम चलचित्र क्षेत्र सानो भए पनि बलिउडको कतिपय चलेका चलचित्रहरु जस्तै सलमान खानको बडिगार्डदेखि अक्षय कुमारको हेरा फेरी, भुलभुलैय वा खट्टा मीठा जस्ता चलचित्रहरु मलयालम चलचित्र कै रिमेक हुन् ।
सैंडलउड कर्नाटकको कन्नड चलचित्रलाई सैंडलउड भनिन्छ । कन्नड सुपरस्टार यशको चलचित्र केजीएफ - २ लाई दर्शकहरुले अत्यन्तै माया गरेसँगै सैंडलउड भारतको सबैभन्दा चर्चित चलचित्र क्षेत्रको रुपमा परिचित भएको छ । २०१८ मा पहिलो पटक रिलिज भएको यशको केजीएफ कन्नड चलचित्र क्षेत्रको पहिलो चलचित्र हो । जसलाई हिन्दी भाषामा डब गरेर रिलिज गरिएको थियो ।