Nic Ad Nic Ad
Nic Ad Nic Ad

माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सलाई कोरोना संक्रमण

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं - माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । बुधबार आफूलाई कोरोना संक्रमण भएको र आफ्नै निवासमा एकान्तमा बसेको उनले जानकारी दिएका छन् । उनले यसबारे सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएका छन् । उनको जारी सन्देशमा आफूले पूर्ण मात्रा खोप लगाएको, परीक्षण र चिकित्सा उपचार लिइरहेको बताइएको छ । उनले भनेका छन् - 'मलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । अहिले मलाई कोभिडका हल्का लक्षणहरू देखिएको अनुभव गर्दैछु र म फेरि स्वस्थ नभएसम्म अलग्गै रहेर विशेषज्ञहरूको सल्लाह पालना गर्दैछु ' उनले ट्वीटरमा आफूले बुस्टरसहित तीन वटै खोप लगाइसकेको पनि बताएका छन् । उनी आफ्नो बिल एण्ड मेलिन्दा गेट्स फाउन्डेशनसँग कोभिड–१९ निदान, उपचारात्मक र खोप वितरणको विश्वव्यापी प्रयासमा सक्रिय सहभागी भएका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १७:१४
प्रतिक्रिया दिनुहोस्