अनमोलले छाडेको फिल्म 'हनी बनी' मा बलिउड अभिनेता अभिमन्यू अनुबन्धित
काठमाडौं – फिल्म 'हनी बनी' मा बलिउडका एक चर्चित अभिनेता प्रबेश गरेका छन् । निर्देशक दिवाकर भट्टराइले फिल्मको नायकको भूमिकामा अभिनेता अभिमन्यू तोमारलाई अनुबन्ध गराएका हुन् ।
फिल्ममा अभिमन्यू प्रबेश गराएको बारे निर्देशक भट्टराइले जानकारी दिएका छन् । अभिमन्यूले बलिउडमा फिल्म लैजा मजनु बाट डेब्यु गरेका थिए । उनले धेरै हिन्दी गीतको भिडियोमा मोडलिङ गरेका छन् ।
यसअघि यस फिल्ममा अभिनेता अनमोल केसी नायकको भूमिकामा भित्रिएका थिए । तर पछि उनले फिल्म छाडे । अनमोलसँगै फिल्मबाट अभिनेत्री सारा सिर्पाली पनि निस्किएकी थिइन् । यो फिल्म ७ करोड लागतमा निर्माण हुन लागेको हो । पुरुषोत्तम प्रधानले छायांकन गर्ने यस फिल्मको निर्मातामा अमित बस्नेत, अजित केआर थापा र परी राना रहेका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०४:३०
प्रतिक्रिया दिनुहोस्