Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्री देउवाले गन्यापधुराको असिग्राम ‘ख’ बाट मतदान गर्ने

शुक्रबार, मंसिर ९, २०७९
डडेलधुरा– स्थानीय तहको निर्वाचनमा प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले डडेलधुरामा मतदान गर्ने भएका छन् । उनले गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मताधिकार प्रयोग गर्ने भएका हुन् । निर्वाचन कार्यालयका अनुसार गन्यापधुरामा कुल १० हजार ४१४ जना मतदाता रहेका छन् । यो गाउँपालिकामा १४ वटा मतदान केन्द्र छन् ।देउवाको मतदाता नामावली रुवाखोलामा रहेको सहायक मतदान अधिकृत दिलीप तामाङले जानकारी दिए । प्रधानमन्त्री देउवाले यसै विद्यालयमा अध्ययन पनि गरेका हुन्। उनको घर विद्यालयको पूर्वतर्फको मटेला गाउँमा छ । उनको जन्मघर मटेला गाउँ र मतदान केन्द्रको बिचमा रुवाखोला नामको खोला पर्छ । यसै खोलाको नामबाट यस क्षेत्रको नाम रुवाखोला रहन गएको हो । खोला छेउमै असिग्राम देवताको मन्दिर पनि छ । यसै मन्दिरको नामबाट विद्यालयको नामकरण गरिएको हो । तत्कालीन अवस्थामा यो क्षेत्र असिग्राम गाविस थियो । पाँचवटा गाविसलाई समेटेर गन्याधपुरा गाउँपालिका बनाइएको हो । प्रधानमन्त्री देउवा आइतबार साँझबाट गृह प्रदेशमा छन् । उनी शुक्रबार मतदान गरेर काठमाडौं फर्कने कार्यक्रम छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:०३
प्रतिक्रिया दिनुहोस्