Nic Ad Nic Ad
Nic Ad Nic Ad

फिलिपिन्समा पूर्वराष्ट्रपति परिवारका सदस्य नै राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित

शुक्रबार, मंसिर ९, २०७९
फिलिपिन्स– फिलिपिन्समा पूर्व राष्ट्रपति फर्डिनान्ड मार्कोसका छोरा फर्डिनान्ड मार्कोस जुनियर राष्ट्रपतिमा निर्वाचित भएका छन् । त्यसैगरी उपराष्ट्रपतिमा वर्तमान् राष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी सारा निर्वाचित भएकी छन् । पूर्व राष्ट्रपति मार्कोस र वर्तमान राष्ट्रपति डुटेर्टेले तालमेल गरेर निर्वाचनमा उम्मेदवारहरू उठाएका थिए  । दुई प्रभावशाली राजनीतिक नेताहरूको तालमेलका कारण उनीहरूका दुवै उम्मेदवार अत्यधिक मतान्तरका साथ मङ्गलबार विजयी भएका छन् । राष्ट्रपतिका उम्मेदवार मार्कोस जुनियरले कुल मतको ५६ प्रतिशत मत पाएकाे र त्यो सङ्ख्या मार्कोसको प्रमुख प्रतिस्पर्धीको भन्दा दोब्बर भएको निर्वाचन आयोगले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धीको रूपमा उदारवादी एवं वर्तमान उपराष्ट्रपति लेनी रोब्रेडो चुनावी मैदानमा थिए । नवनिर्वाचित राष्ट्रपति मार्कोस जुनियरले एक करोड ६० लाखभन्दा बढी मत प्राप्त गरेकाे निर्वाचन आयोगले जनाएको छ । राष्ट्रपतिसहित देशभरबाट झण्डै १८ हजार प्रतिनिधि चयनका लागि सोमबार देशभरी मतदान भएको थियो । त्यस अन्तर्गत राष्ट्रपति, उपराष्ट्रपति र एक हजार २०० सिनेटरसहित ३०० भन्दा बढी संसदका प्रतिनिधि साथै एक हजार ७०० भन्दा बढी अन्य स्थानीय प्रतिनिधिहरू रहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:५३
प्रतिक्रिया दिनुहोस्