Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रलोभन र प्रभावमा नपरी निर्धक्क भएर मतदान गर्न मतदातालाई निर्वाचन आयोगको आग्रह

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौं – स्थानीय तहको निर्वाचन शुक्रबार देशभरका ७५३ स्थानीय तहबाट हुँदैछ । निर्वाचन आयोगले पनि सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी खटाइसकेको छ । यस्तै आयोगले शुक्रबार हुन गइरहेको निर्वाचनमा कसैको पनि प्रलोभन र प्रभावमा नपर्न मतदातालाई आग्रह गरेको छ। बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ढुक्क भएर निर्वाचनमा सहभागी हुन मतदातालाई आग्रह गरेको हो । उनले भने - ' कसैको पनि लोभ लालच, प्रलोभन र आश्वासनमा नपरी आफ्नो विवेकको मत सही ठाउँमा प्रयोग गर्न आह्वान गर्दछु । 'मतदातालाई पद, पैसा र पहुँचबाट प्रभावित नभइ मतदान गर्न र मन परेको उम्मेदवारलाई मतपत्र बदर नहुने गरी निर्धक्क भएर मतदान गर्न उनले आग्रह गरे ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०७:००
प्रतिक्रिया दिनुहोस्