Nic Ad Nic Ad
Nic Ad Nic Ad

श्रीलंकामा नयाँ प्रधानमन्त्री बने रनिल विक्रमासिंघे

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौं - श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा युनाइटेड नेसनल पार्टीका रनिल विक्रमासिंघे नियुक्त भएका छन् । डरलाग्दो आर्थिक संकट भइरहेको बेला श्रीलंकामा २२५ सदस्यीय संसद १ सिट भएको युनाइटेड नेसनल पार्टीबाट विक्रमासिंघे पाचौं पटक प्रधानमन्त्री बनेका हुन् । श्रीलंकालाई हाल परिरहेको डरलाग्दो आर्थिक संकटबाट बाहिर निकाल्ने प्रयासमा रहेका राष्ट्रपति गोटबाया राजापाक्षेले नयाँ प्रधानमन्त्रीमा रनिल विक्रमासिंघेको नाम तय गरेका हुन् । राष्ट्रव्यापी विरोध प्रदर्शनको सामना गर्न राष्ट्रपतिले बुधबार राती राष्ट्रको नाममा टेलिभिजनमा सम्बोधन गरेका थिए । उनले आफूले संसदमा बहुमत र जनताको विश्वास जित्ने प्रधानमन्त्रीको नाम घोषणा गर्ने बताएका थिए । दुई करोड २० लाख जनसंख्या भएको यस देशमा खाद्यान्न, इन्धन र औषधि चर्को अभाव र विद्युतमा स्वतन्त्रताको कारण आर्थिक संकटमा फसेको थियो । महिन्दा राजापाक्षेले सोमबार प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:५४
प्रतिक्रिया दिनुहोस्