मतदानका लागि तयार काठमाडौँका मतदानस्थलहरु (तस्वीरसहित)
काठमाडौँ– मुलुक संघीयतामा गएसँगै दोस्रोपटक आज स्थानीय तहको निर्वाचन हुँदैछ ।
देशभरका ७५३ स्थानीय तहका लागि ३५ हजार २२१ जनामध्ये निर्विरोध निर्वाचित भएकाबाहेकका पदमा आज मतदान हुन लागेको हो ।
बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । अहिले केहीबेरमा मतदान सुरु हुँदैछ ।
मतदानका लागि काठमाडौँका विभिन्न मतदानस्थल तयारी अवस्थामा रहेका छन् । साथै, केन्द्रीय राजधानी काठमाडौँका सडक पनि सुनसान छन् । मतदानको दिन आज अनुमति पत्र लिएका बाहेक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
सडकमा अनुमति पत्र लिएका सवारी साधन मात्रै चलेका छन् ।
हेर्नुहोस् मतदान सुरु हुनुभन्दा अगाडिको काठमाडौँका केही मतदानस्थल तथा सडकका तस्वीरहरु :
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २३:२९
प्रतिक्रिया दिनुहोस्