रामेछापको दुई मतदान केन्द्रमा हवाई फायर
काठमाडौँ– रामेछापको दुई मतदान केन्द्रमा दुई पक्षबीच झडप भएपछि प्रहरीले हवाई फायर गरेको छ ।
जिल्लाको सुनापति र खाडाँदेवी गाउँपालिकाको मतदान केन्द्रमा झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरिएको रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जानकारी दिए ।
सुनापतिको वडा नं. २ स्थित मतदान केन्द्र बाहिर दुई पक्षबीच झडप भएपछि तनाव सुरु भएको थियो । एउटा पक्षले अर्को पक्षकालाई कुटपिट गरेपछि स्थिति तनावपूर्ण बनेको थियो । त्यस क्रममा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो ।
ठाडादेवी गाउँपालिकाको वडा नं. १ मा चाहिँ अहिले दुवै पक्षलाई राखेर छलफल भइरहेको प्रजिअ पहाडीले बताए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०१:०३
प्रतिक्रिया दिनुहोस्