स्याङ्जा जीप दुर्घटना- मृतक १४ जनाकै परिचय खुल्यो
काठमाडौँ– स्याङ्जाको वालिङ नगरपालिका १४ मा जीप दुर्घटना हुँदा मृत्यु भएका सबैको परिचय खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार दुर्घटनामा स्याङजाको वालिङ १४ पञ्चमुल अर्खलबासकी ६३ बर्षकी माया पुन, ९ बर्षका प्रविण कुँवर, ५० बर्षका कुलदीप कुँवर, ५० बर्षकी डेमकुमारी कुँवर, ८६ बर्षकी हरीकला कुँवर, ५० बर्षकी टेककला कुँवर, २५ बर्षकी जमुना कुँवर र ७० बर्षकी भिमकला कुँवर रहेका छन् ।
यस्तै दुर्घटनामा ७० बर्षकै मुवाकुमारी कुँवर, ४३ बर्षकी पोटकुमारी कुँवर, ४३ बर्षकी जानुका कुँवर, ४२ बर्षकी ज्ञानदली कुँवर, ५० बर्षकी मिना कुँवर र फुलदेवी कुँवरकाे पनि मृत्यु भएको छ ।
मतदातालाई मतदानतर्फ लैजाँदै गरेको ग २ च ३०२६ नम्बरको जिप वालिङ १४ को अर्खलाबासमा दुर्घटना भएको हो ।
चालक भुलबहादुर कुँवर, स्थानीय बेलमाया कुँवर, गौतमी थापा, ज्ञानमाया कुँवर, सरस्वती कुँवर, कविता कुँवर, अनिष कुँवर, कुशल कुँवर, ज्यामकली कुँवर, कौशल कुँवर, सीता कुँवर भएका छन् । उनीहरुलाई उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेज पठाइएको छ ।
स्याङ्जाको वालिङमा जीप दुर्घटना, १४ जनाको मृत्यु
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०१:०२
प्रतिक्रिया दिनुहोस्