Nic Ad Nic Ad
Nic Ad Nic Ad

संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख खलिफा बिन जायद अल नाह्यानको निधन

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौं - संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख खलिफा बिन जायद अल नाह्यानको निधन भएको छ । लामो समयदेखि बिरामी रहेका शेख खलिफाको ७३ वर्षको उमेरमा निधन भएको अन्तर्राष्ट्रिय मिडियामा जनाइएको छ । सरकारी समाचार संस्था वामले ट्वीट गरेको छ - ‘राष्ट्रपति मामिला मन्त्रालयले आधा झण्डा झुकाएर ४० दिने औपचारिक शोकको घोषणा गरेको छ । संघीय र स्थानीय तहका मन्त्रालय र सरकारी निकाय तथा निजी क्षेत्र तीन दिन बन्द गर्ने घोषणा गरेको छ। ’ सन् १९४८ मा जन्मेका उनी सन् २००४ मा पिता शेख जायद अल नाह्यानको उत्तराधिकारी बनेका थिए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:५४
प्रतिक्रिया दिनुहोस्