Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौं महानगरपालिकाको मतगणना विहान ८ बजेदेखि हुने

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं– काठमाडौं महानगरपालिकाको मतगणना शनिबार विहानबाट मात्रै सुरु हुने भएको छ । मतगणनाबारे निर्णय लिन बसेको सर्वदलीय(सर्वपक्षीय बैठकले शनिबार विहान ८ बजेबाट मत गन्न थाल्ने निर्णय गरेको हो । मतपेटिका राष्ट्रियसभा गृहमा संकलन गरेलगत्तै सर्वदलीय बैठक बसेको थियो । यसपटकको निर्वाचनमा मेयर पदका लागि नेकपा एमालेबाट केशव स्थापित, नेपाली काँग्रेसबाट सिर्जना सिंह र स्वतन्त्र उम्मेदवार बालेन साहलाई मुख्य प्रतिस्पर्धी मानिएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं महानगरपालिकामा ५२ प्रतिशत मात्रै मत खसेको छ । शान्तिपूर्ण रुपमा निर्वाचन, मतदातको शुलभ पहुँचका बाबजुद पनि आधामात्रै मत खसेको आयोगले जनाएको छ । काठमाडौँमा कूल ३ लाख २४२ मतदाता रहेका छन् ।      
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २३:०३
प्रतिक्रिया दिनुहोस्