Nic Ad Nic Ad
Nic Ad Nic Ad

दिल्लीको एक भवनमा आगलागी हुँदा २७ जनाको मृत्यु

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– भारतको राजधानी दिल्लीको मुन्डकास्थित एक भवनमा आगलागी हुँदा २७ जनाको मृत्यु भएको छ । शुक्रबार बेलुका भएको आगलागीमा २७ जनाको शव भेटिएको र मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने दिल्लीका मुख्य अग्नि नियन्त्रक सुनील चौधरीले बताएका छन् । आगलागीमा परि १२ जना घाइते भएका बीबीसी हिन्दीले जनाएको छ । घाइतेहरुको दिल्लीको सञ्जय गान्धी र दिन दयाल अस्पतालमा उपचार भइरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै आगलागीबाट ज्यान गुमाएकाका परिवारलाई प्रतिपरिवार दुई लाख र घाइतेलाई उपचारका लागि ५० हजार भारतीय रुपैयाँ प्रदान गर्ने बताएका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:१२
प्रतिक्रिया दिनुहोस्