धनकुटामा एमालेको अग्रता
धनकुटा– धनकुटा नगरपालिकाको मेयरमा एमालेका उम्मेदवार चिन्तन तामाङ्गले शुरुवाती अग्रता लिएका छन् ।
४०० मत गन्दा तामाङ्गले २०७ मत पाएका छन् । गठबन्धनका तर्फबाट कांग्रेसका दिनेश राईले १६९ मत पाएका छन् ।
उपमेयरमा भने गठबन्धनका तर्फबाट माओवादीका गणेश विष्टले अग्रता लिएका छन् ।
उनले १७० मत पाउँदा एमाले उम्मेदवार भीमा खनालले १६५ मत पाएको निर्वाचन कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०३:३२
प्रतिक्रिया दिनुहोस्