मध्यपुर थिमी : मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता
भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । १ हजार ४०० मत गणना सकिँदा मेयरमा कांग्रेसका सुरेन्द्र श्रेष्ठले ७३९ मत सहित अग्रता लिएका छन् । एमालेका मदनसुन्दर श्रेष्ठले ५१६ मतसहित पछ्याइरहेका छन् ।
उप मेयरमा एमालेकी उत्तरा नेपालले ६०८ मत पाउँदा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी विजय श्रेष्ठले ४८४ मत पाएका छन् ।
वडा अध्यक्षमा कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०२:३३
प्रतिक्रिया दिनुहोस्