युक्रेन द्वन्द्व सुरुभएयता पहिलो पटक अमेरिका र रुसी रक्षा प्रमुखबीच फोनवार्ता
वासिङ्टन – अमेरिकी रक्षामन्त्री लोयड अस्टिन र रुसी रक्षा मन्त्री सेर्गेई शोइगुबीच गत शुक्रबार फोनवार्ता भएको छ । रूसले युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेपछि यी दुवै मन्त्रीबीच पहिलो फोनवार्ता भएको बताइएको छ ।
युक्रेनमा तत्काल युद्धविरामको लागि अस्टिनले आग्रह गरेको पेन्टागनका प्रेस सेक्रेटरी जोने किर्बीले बताएका छन् । यसअघि अस्टिन र शोइगुबीच गत फेब्रुअरी १८ वार्ता भएको किर्बीले थप जानकारी दिएका छन् ।
रुसी रक्षा मन्त्रालयले शुक्रबार जारी गरेको संक्षिप्त विज्ञप्तिमा सोइगु र अस्टिनले युक्रेनको अवस्थालगायत अन्तर्राष्ट्रिय सुरक्षाका विषयमा छलफल गरेको बताएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०१:१३
प्रतिक्रिया दिनुहोस्