चितवनको माडीमा एमालेको अग्रता
काठमाडौं – चितवनको माडी नगरपालिकामा मतगणना अहिले जारी छ । माडी क्यापसमा भइरहेको मतगणनामा अहिले नगरप्रमुखमा नेकपा एमालेका ताराकुमारी काजी महतोले नै अग्रता कायम गरेकी छिन् ।
१२ मत गन्दा गठबन्धनका उम्मेदवार, नेकपा माओवादी केन्द्रका ऋषि काफ्लेले ४७३ र एमाले राप्रपा गठबन्धनका उम्मेदवार, नेकपा एमालेका ताराकुमारी काजी महतोले ५६३ मत पाएकी छन् ।
यस्तै नगर उपप्रमुखमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार, नेपाली काँग्रेसका खेम प्रसाद महतोले ४७३, एमाले राप्रपा गठबन्धनका उम्मेदवार, राप्रपाका मदन पौडेलले १३४ र स्वतन्त्र उम्मेदवार कृष्ण प्रसाद पौडेलले ३६४ मत पाएका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०६:३५
प्रतिक्रिया दिनुहोस्