चितवनको खैरहनीमा कांग्रेसको अग्रता
चितवन – स्थानीय तहको निर्वाचनअन्तर्गत चितवनको विभिन्न नगरपालिकामा मतगणना जारी छ । हालसम्मको मतगणनाको विवरण अनुसार अहिले खैरहनी नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ ।
खैरहनीमा १ हजार १३६ मत गन्दा मेयरका उमेदवार कांग्रेसका शशी खनियाले १ हजार १३६ र एमालेका लालमणी चौधरीले ६२६ मत ल्याएका छन् । यस्तै राप्रपाका सागर पाण्डेले १५८ मत ल्याएका छन् ।
उपमेयरमा एमालेकी कविता उप्रेतीले ७२९, माओवादी केन्द्रकी लक्ष्मी ढकालले ८९९ र राप्रपाकी यमुना डल्लाकोटीले १८७ मत ल्याएका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०५:४२
प्रतिक्रिया दिनुहोस्