बूढानीलकण्ठ–२ को वडा अध्यक्षमा एमालेका उम्मेदवार राजेन्द्र श्रेष्ठ निर्वाचित
काठमाडौँ– बूढानीलकण्ठ नगरपालिकामा वडा नं २ को मतगणना अनुसार वडा अध्यक्षमा नेकपा (एमाले) को तर्फबाट उम्मेदवार राजेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।
शनिबाार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार नेकपा एमालेका वडा अध्यक्षको उम्मेदवार ७७ मत अन्तरले विजय भएका हुन् ।
नेकपा एमालेलाई पछ्याउदैँ प्रतिस्पर्धि नेपालि कांग्रेसका उम्मेदवार जनक थापाले १०८३ मत पाएका छन् ।
वडा अध्यक्ष नेकपा एमालेले जितेको वडा नं २ मा नेपालि कांग्रेस बाट महिला सदस्य पार्वति श्रेष्ठ (११२५ मतले), दलित महिला सदस्य सिता सुनार (१११० मतले), खुल्ला सदस्य (१) राम विनद लामिछाने (१०९७ मतले) र खुल्ला सदस्य (२) मा राज काजि श्रेष्ठ (११८३ मतले) निर्वाचित भएका छन् ।
त्यस्तै अन्य वडा अध्यक्ष पदका उम्मेदवार नेकपा (एस) १३ मत, नेकपा (माओवादी केन्द्र) का उम्मेदवारले ३७ मत र राष्ट्रिय प्रजातान्त्रिक पार्टि का उम्मेद्वारले ७८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यसैगरी सोही वडाबाट खुल्ला सदस्यमा ९२० नेपालि कांग्रेसको तर्फबाट उम्मेदवारले सबैभन्दा बढी मत ११८३ मत प्राप्त गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ००:३१
प्रतिक्रिया दिनुहोस्