भरतपुरमा देखियो कडा प्रतिस्पर्धा, फेरि माओवादीकी रेनु नै अघि आइन्
काठमाडौं – चितवनको भरतपुर महानगरपालिकामा मतगणना जारी छ । अहिले भरतपुर महानगरपालिकामा ७ सय मत गनिसकिएको छ । जम्मा ७ सय मत गणना हुँदा भरतपुरको मेयरमा एमालेका उम्मेदवार विजय सुवेदी र गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहालको प्रतिस्पर्धा देखिएको छ ।मतगणना हुँदै गर्दा दुई जना अघि पछि भइरहेका छन् । अहिले नेकपा माओवादी केन्द्रकी दाहाल अघि छिन् ।
उनले २७८ मत ल्याउदा एमालेका विजयले २५८ मत ल्याएका छन् । यस्तै भुईकटहर चिन्ह लिएर उठेका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९४ मत ल्याएका छन् । यस्तै उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ३१७ मत ल्याएका छन् भने राप्रपाका हिमला गुरुङले १९१ मत ल्याएकी छन् ।
चितवनमा ७३ दशमलव २६ प्रतिशत मत खसेको छ । जिल्लामा तीन लाख ९७ हजार ६८५ मतदाता छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०१:०२
प्रतिक्रिया दिनुहोस्