भरतपुर १ को वडाअध्यक्षमा कांग्रेसका महर्जन विजयी, मेयरमा रेनुकै अग्रता
काठमाडौं – चितवनको भरतपुर महानगरपालिकामा मतगणना जारी छ । अहिले भरतपुर महानगरपालिकामा ३२ सय ७७ मत गनिसकिएको छ ।
भरतपुर महानगरपालिका १ को वडाअध्यक्ष मा नेपाली कांग्रेसका केशव महर्जन विजयी भएका छन् । उनले १३ सय ९७ मत ल्याएका छन् भने नेकपा एमालेका शुक्रकुमार श्रेष्ठले १३ सय १३ मत ल्याएका छन् ।
यस्तै हालसम्मको मत गणना हनुसार भरतपुरको मेयरमा एमालेका उम्मेदवार विजय सुवेदी र गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहालको प्रतिस्पर्धा देखिएको छ । अहिले नेकपा माओवादी केन्द्रकी दाहाल १२ सय ८ मत ल्याउँदै अघि छिन् ।
यस्तै एमालेका विजयले १ हजार ८७ मत र भुईकटहर लिएर स्वतन्त्रमा उठेका जगन्नाथ पौडेलले ४ सय ३० मत रहेको छ ।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १३ सय ६२ मत ल्याएका छन् भने राप्रपाका हिमला गुरुङले ८ सय ७७ मत ल्याएकी छन् । चितवनमा ७३ दशमलव २६ प्रतिशत मत खसेको छ । जिल्लामा तीन लाख ९७ हजार ६८५ मतदाता छन् ।
३९७७ मत गणना गर्दा
रेनु दाहाल - १३७२
विजय सुवेदी - १३०५
जगन्नाथ पौडेल - ४७०
उपमेयरमा, चित्रसेन अधिकारी - १५४२
राप्रपा - हिमला गुरुङ-१०३५
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०५:०४
प्रतिक्रिया दिनुहोस्