भरतपुरमा रेनुको अग्रता कायमै, वडा-२ मा एमालेका केसी अघि
काठमाडौं – चितवनको भरतपुर महानगरपालिकामा मतगणना जारी छ । अहिले भरतपुर महानगरपालिकामा ४८ सय ७७ मत गनिसकिएको छ । जम्मा ४८ सय ७७ मत गणना हुँदा भरतपुरको मेयरमा एमालेका उम्मेदवार विजय सुवेदी र गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहालको प्रतिस्पर्धा देखिएको छ । अहिले नेकपा माओवादी केन्द्रकी दाहाल १७ सय २७ मत ल्याउँदै अघि छिन् ।
यस्तै एमालेका विजयले १६ सय ४७ मत र भुईकटहर लिएर स्वतन्त्रमा उठेका जगन्नाथ पौडेलले ५ सय ७९ मत रहेको छ । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १८ सय ९५ मत ल्याएका छन् भने राप्रपाका हिमला गुरुङले १३ सय ३३ मत ल्याएकी छन् ।
अहिले भरतपुरको २ नम्बर वडाको गणना भइरहेको छ । २ नम्बरमा अहिलेसम्म १६ सय मत गणना गरिएको छ । यहाँ वडा अध्यक्षमा नेकपा एमालेका कृष्णबहादुर केसीले ६७६ मत र नेपाली कांग्रेसका मनोज रानाभाटले ६ सय ४४ मत ल्याएका छन् ।
भरतपुर १ मा भने वडाअध्यक्षमा नेपाली कांग्रेसका केशव महर्जन विजयी भएका छन् । उनले १३ सय ९७ मत ल्याएका छन् भने नेकपा एमालेका शुक्रकुमार श्रेष्ठले १३ सय १३ मत ल्याएका छन् । चितवनमा ७३ दशमलव २६ प्रतिशत मत खसेको छ । जिल्लामा तीन लाख ९७ हजार ६८५ मतदाता छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०५:०२
प्रतिक्रिया दिनुहोस्