भरतपुरको मतगणना पुनः सुरु, रेनुकै अग्रता
काठमाडौं - भरतपुर महानगरपालिकाको मतगणना फेरि सुरु भएको छ । मतपत्रमा लगाइएको स्वस्तिक छापको विषयमा विवाद भएपछि रोकिएको मतगणना सहमती पछि शुरु भएको हो ।
मतपत्रमा आंशिक स्वस्तिक छापलाई मान्यता नदिने सहमति भएपछि मतगणना फेरि शुरु भएको जनाइएको छ । तुरुन्त बसेको सर्वदलीय बैठकमा कुनै पनि उम्मेदवारको चुनाव चिह्नमा परेको आंशिक छापलाई बदर गर्ने सहमति भएपछि मतगणना फेरि शुरु गरिएको हो ।
भरतपुर महानगरपालिकामा ५ हजार १७७ मत गणना हुँदा मेयरमा नेकपा माओवादी केन्द्रकी दाहाल १८ सय ६७ मत र एमालेका उम्मेदवार विजय सुवेदीले १८ सय १४ मत ल्याएका छन् ।
यस्तै भुईकटहर लिएर स्वतन्त्रमा उठेका जगन्नाथ पौडेलले ६ सय १९ मत रहेको छ । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २०५० मत ल्याएका छन् भने राप्रपाका हिमला गुरुङले १४ सय ५१ मत ल्याएकी छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ००:०३
प्रतिक्रिया दिनुहोस्