ताप्लेजुङको ९ पालिका मध्ये २ पालिकाको नतिजा सार्वजनिक
ताप्लेजुङ– ताप्लेजुङको ९ पालिका मध्ये २ पालिकाको नतिजा सार्वजनिक भएको छ ।
फाक्तालुङ्ग गाउँपालिकाका अध्यक्षमा गठबन्धका नेकपा माओवादी केन्द्र तर्फबाट राजन लिम्बू निर्वाचित भएका छन् । लिम्बुले २ हजार ६६० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका सरोज एभेङ्गले २ हजार ३१२ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा गठबन्धन तर्फबाट नेपाली कांग्रेसका रविन साम्रा लिम्बुले २ हजार ३५८ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी शान्ता लिम्बु पौडेलले २ हजार २१२ मत प्राप्त गरेका छन् ।
मेरिङदेन गाउँपालिकाको अध्यक्ष गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका युक हांवीर हाङ्गगामले २ हजार ८ सय ६९ मत ल्याइ निर्वाचित भए भने उनको निकटतम प्रतिद्वन्दी एमालेका केदारजंग लिम्बुले २ हजार ७ सय ७० मत ल्याएका थिए ।
उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एस) का दुर्गा चोङवाङ्गले २ हजार ५ सय ९८ मत ल्याइ विजय हात पारे भने निकटतम प्रतिद्वन्दी दावापासाङ्ग शेर्पाले १ हजार ६ सय ५७ मत ल्याएका थिए ।
मेरिङदेनमा ४ वटा वडामा एमाले जित हात पारेको छ भने २ वटा वडा अध्यक्ष कांग्रेसले जितेका छन् ।
ताप्लेजुङ्गमा मत गणना सम्पन्न ४० वडा मध्ये एमालेले २०, कांग्रेसले ११ , माओवादीले ६ , नेकपा (एस) ले २ वडा र स्वतन्त्रका १ जनाले जित हात पारेको छ ।
नेपाली कांग्रेसले फुङलिङ्ग नगरपालिका सहित १वडा सहित २ मा , नेकपा माओवादी १ र ४ वटा पालिकामा एमालेले अग्रता कायम गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०२:३५
प्रतिक्रिया दिनुहोस्