बालेनले कटाए ६ हजार मत, स्थापितभन्दा २९६४ मत अगाडि
काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले ६ हजार मत कटाएका छन्।
उनले हालसम्मको गणनामा ६२०७ मत ल्याएका छन्।
पछिल्लो विवरणअनुसार उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका केशव स्थापितभन्दा २९६४ मत धेरै ल्याएका छन्।
स्थापितले हालसम्म ३२४३ मत पाएका छन्।
नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २८८५ मत पाएकी छन्।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०६:३३
प्रतिक्रिया दिनुहोस्