Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाली कांग्रेस लुम्बिनीका सहमहामन्त्री मुस्कानले दिए राजीनामा

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौं - नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री बिष्णुप्रसाद खनाल (मुस्कान) ले सहमहामन्त्री पदबाट राजीनामा दिएका छन् । स्थानीय तह निर्वाचन २०७९ मा आफ्नो गृह जिल्ला अर्घाखाँचीमा नेपाली कांग्रेसले अपेक्षित उपलब्धी हासिल गर्न नसकेको र २०७४ सालको स्थानीय निर्वाचनमा जितेका स्थान समेत गुमेको भन्दै नैतिकता आधारमा राजीनामा दिएका हुन् । २०७४ सालको निर्वाचनमा जिल्ला सभापति रहेका मुस्कान अहिले नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सहमहामन्त्री छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०२:३३
प्रतिक्रिया दिनुहोस्