महिला टी-ट्वेन्टी: नेपाल युगान्डासँग पहिले बलिङ गर्दै
काठमाडौँ– युगान्डासँगको पाँच खेलको महिला टी ट्वेन्टी सिरिज अन्तरगत पहिलो खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ ।
कीर्तिपुरमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको हो । दुबै टिम पहिलो खेल जित्ने दाउमा छन् ।
२००७ मा मलेसियामा एसीसी महिला च्याम्पियनसिप खेल्दै अन्तर्राष्ट्रिय क्रिकेट शुरु गरेको नेपालले घरेलु मैदानमा पहिलो पटक अन्तराष्ट्रििय सिरिज खेल्न लागेको हो ।
रुविना क्षेत्रीकाे कप्तानीमा रहेकाे नेपाली टिमको प्लेइङ इलाभेनमा इन्दु बर्मा, ज्याेती पाण्डे,कविता कुँवर, अप्सरी कुँवर, कविता जोशी, डोल्ली भट्ट, सबनम राई, रोमा थापा, अस्मिना कर्माचार्य र बिन्दु रावल छन् । अस्मिना कर्माचार्यले आज डेब्यु गरेकी हुन् ।
समग्रमा नेपाली महिला टिमको अन्तराष्ट्रिय सिरिज यो दोस्रो हो । यसअघि नेपालले कतारसँग कतारमै अन्तराष्ट्रिय सिरिज खेलेको थियो ।
महिला टोलीले घरेलु भूमिमा खेल्न लागेको प्रतियोगिता भने यो दास्रो हो । नेपालले २०१९ मा १३ औं साग गेम्स खेलेको थियो ।
नेपाल र युगान्डाबीचको दोस्रो खेल भोली मंगलबार, तेस्रो खेल जेठ ५ गते विहीबार चौथो खेल जेठ ६ गते र अन्तिम खेल जेठ ७ गते हुनेछ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०१:५०
प्रतिक्रिया दिनुहोस्