Nic Ad Nic Ad
Nic Ad Nic Ad

युगान्डासँग नेपाल पराजित

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ । युगान्डासँगको पहिलो टी–ट्वेन्टी अन्तराष्ट्रिय क्रिकेटमा नेपाली महिला टिम १२ रनले पराजित भएको छ । कीर्तिपुरमा सोमबार भएको खेलमा युगान्डाले दिएको १ सय ३ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो । नेपालका लागि इन्दु वर्माले जोडेको १६ रन नै सर्वाधिक भयो । यस्तै, डोली भट्टले १३, बिन्दु रावलले १२, कप्तान रुबिना क्षेत्रीले ९, ज्योती पाण्डेले ६, रोमा थापाले ५, कविता जोशीले ४ र अप्सरी बेगमले १ रन बनाए । कविता कुँवर ११ रनमा अविजित रहदा राष्ट्रिय टिममा आजै डेब्यु गरेकी अश्मिना कर्माचार्यले रन जोड्न सकिनन् । युगान्डाकी कोन्सी अवेको र सारा एकीटेङले २–२ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको युगान्डाले २० ओभरमा ५ विकेट गुमाएर १ सय २ रन बनाएको थियो । युगान्डाकी जनेट एमबाबाजीले सर्वाधिक २९ रन बनाइन् । नेपालकी कविता कुँवरले २ तथा रुबिना क्षेत्री, कविता जोशी र इन्दु बर्माले एक–एक विकेट लिए । जितसँगै युगान्डाले पाँच खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । अर्को खेल भोली हुनेछ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २२:००
प्रतिक्रिया दिनुहोस्