यसरी मनाइयाे बुद्ध जयन्ती (फाेटाेफिचर)
काठमाडौँ– वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइएकाे छ । गाैतम बुद्धले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिन्छ। बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वभरका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा अर्पण गर्ने गरेका छन् ।
गौतम बुद्धको २५६६औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाइँदै छ । बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ ।
यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा छ । बुद्धजयन्ती मनाउन बिहानैदेखि स्वयम्भूमा सयाैँ भक्तजन पुगेका छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १७:००
प्रतिक्रिया दिनुहोस्