फिनल्याण्ड र स्वीडेनको नेटो सैन्य गठबन्धनमा सामेल हुने निर्णय गम्भीर गल्ती - रुस
मस्को - रुसले सोमबार चेतावनी दिदै फिनल्याण्ड र स्वीडेनको नेटो सैन्य गठबन्धनमा सामेल हुने निर्णयहरू गम्भीर गल्ती हुने बताएको छ। "यो अर्को गम्भीर गल्ती हो जसको दूरगामी परिणामहरू छन्," उप विदेशमन्त्री सर्गेई र्याबकोभलाई रुसी समाचार एजेन्सीहरूले भनेका छन्।
राष्ट्रपति सिद्धारा संयुक्त अरब इमिरेट्सका राष्ट्रपतिलाई बधाई
चिनियाँ राष्ट्रपति सि जिनपिङले संयुक्त अरब इमिरेट्सका नव नियुक्त राष्ट्रपति शेख मोहम्मद बिन जाइद अल नयानलाई बधाई ज्ञापन गरेका छन् । शेख मोहम्मद संयुक्त अरब इमिरेट्स्को नयाँ राष्ट्रपति चयन भएकामा उनले बधाई दिएका हुन् । नयाँ राष्ट्रपति शेख मोहम्मदको कार्यकालमा पनि चीन र संयुक्त अरब इमिरेट्सका बीचको सम्बन्ध थप सुमधुर र सुदृढ रहने सो सन्देशमा राष्ट्रपति सिले बताएका छन् ।
शेख मोहम्मद शुक्रबार मात्र संयुक्त अरब इमिरेट्सको नयाँ राष्ट्रपतिमा नियुक्त भएका थियो । उनीसँग मिलेर काम गर्न चीन सदैव तत्पर रहेको भन्दै राष्ट्रपति सिले आगामी दिनमा चीन र संयुक्त अरब इमिरेट्स्को सम्बन्धलाई थप सुदृढ बनाउन मिलेर काम गर्ने बताएका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०१:१३
प्रतिक्रिया दिनुहोस्