रुरुक्षेत्रमा माओवादी केन्द्र अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी
गुल्मी– गुल्मी जिल्लाको रुरु गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका यदु ज्ञवाली निर्वाचित भएका छन् । ज्ञवालीले ५ हजार ८१७ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
ज्ञवालीका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हिमालकुमार श्रेष्ठले ४ हजार ५४० मत प्राप्त गरे ।
यो गाउँपालिकाको उपाध्यक्षमा भने एमालेकी मिनादेवी गौतम विजयी भएकी छन् । उनले ५ हजार ४५१ मत प्राप्त गरिन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी दुर्गा ज्ञवालीले ४ हजार ६४६ मत ल्याइन् । गाउँपालिकामा रहेका ६ वटा वडाहरुमध्ये ५ मा नेकपा एमाले र एउटा वडामा माओवादी केन्द्रले जितेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २३:००
प्रतिक्रिया दिनुहोस्