नेभिगेशन
सिएन ग्यालरी

बालेनका समर्थकलाई रोकियो

काठमाडौँ– काठमाडौँ महानगरपालिकाको मतगणना भइरहेको राष्ट्रिय सभागृहको बाहिरपट्टि भेला हुँदै आएका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहका समर्थकलाई आज रोकिएको छ । हिजोसम्म सभागृहको मूख्य प्रवेशद्वार बाहिरपट्टि भेला हुन दिइएकोमा आज विश्वभाषा क्याम्पस अगाडी नै रोकिएको हो । त्यहाँ पुगेका साहका समर्थकहरुले हिजो अस्ति जस्तै सभागृहको गेटसम्मै जान पाउनुपर्ने माग गरिरहेका छन् । साहका समर्थकले मतगणना शुरु भएदेखि नै बाहिरपट्टि भेला भएर उनको समर्थनमा नारा लगाउँदै आएका थिए । अलि बढी नै होहल्ला हुन थालेपछि माथिको निर्देशन बमोजिम उनीहरुलाई रोकिएको त्यहाँ खटिएका सुरक्षाकर्मीले बताए ।
प्रतिक्रिया दिनुहोस्