शंखरापुर नगर प्रमुखमा राप्रपाका रमेश नापित विजयी
काठमाडौं– काठमाडौंको शंखरापुर नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रमेश नापित विजयी भएका छन् ।
राप्रपाले सो नगरपालिकाको ३ वटा वडा सहित नगर प्रमुखमा जित हात पारेको हो । उनले निकटतम प्रतिस्पर्धी काँग्रेस र नेकपा एस गठबन्धनका उम्मेदवार एलपी श्रेष्ठ, एमालेका कृष्णलाल बजगाईं र माओवादी केन्द्रका मधु केसीलाई पराजित गरेका छन् ।
अन्तिम मत परिणाम घोषणा हुने क्रममा छ ।
राप्रपाले वडा नम्बर ३, ६ र ७ मा समेत जितेको छ । यसअघि माओवादी केन्द्रले जितेको वडा नम्बर ३ राप्रपाले जितेको हो भने भने वडा नम्बर ६ र ७ मा आफ्नो पकट कायम राखेको छ ।
उप मेयरमा भने काँग्रेस र नेकपा एसको गठबन्धनबाट काँग्रेसकी समिता श्रेष्ठ निर्वाचित भएकी छिन् ।
यसअघि २०७४ सालको चुनावमा मेयर, उपमेयर तथा वडा नम्बर १, २, ५, ८ र ९ गरी ५ वडा जितेको एमालेले वडा नं ५ बाहेक अरु सबै गुमाएको छ ।
नगरपालिकाको वडा नम्बर २, ३, ८ र ९ मा काँग्रेसले जित हासिल गरेको भने वडा नम्बर १ को वडाध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०१:०१
प्रतिक्रिया दिनुहोस्