भरतपुरमा माओवादीकी रेनुको अग्रता कायमै
काठमाडौं – चितवनको भरतपुर महानगरपालिकामा मतगणना जारी छ । अहिले भरतपुर महानगरपालिकामा २१ हजार ५९२ मत गन्दा प्रतिस्पर्धा देखिएको छ । २१ हजार ५९२ मत गणना हुँदा भरतपुरको मेयरमा अहिले नेकपा एमालेका विजय सुवेदीलाई नेकपा माओवादीकी रेनु दाहालले पछि पारेकी छिन् ।
माओवादीकी रेनुले ७ हजार ३२१ मत ल्याउँदा एमालेका विजयले ७ हजार २८ मत ल्याएका छन् । यस्तै भुईकटहर लिएर स्वतन्त्रमा उठेका जगन्नाथ पौडेललकाे ३ हजार ५६२ मत रहेको छ । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ८ हजार ९०६ मत ल्याएका छन् भने राप्रपाका हिमला गुरुङले ५ हजार ८०३ मत ल्याएकी छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०५:०४
प्रतिक्रिया दिनुहोस्