पर्सा गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित
काठमाडौँ– सर्लाहीको पर्सा गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।
गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका धिरेन्द्र राय र उपाध्यक्षमा नुतन देवी निर्वाचित भएकी छन् । अध्यक्षमा रायले ४ हजार ४ सय ६६ मत ल्याउँदा उनका निकटम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका (जसपा) का उम्मेदवार दिनेश कुमार यादवले १ हजार ८ सय ५८ मत मात्र प्राप्त गरे ।
त्यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसकै नतुन देवी २ हजार ३९ मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी जसपाका उम्मेदवार नसरुल खातुनले १ हजार ४१ प्राप्त गर्नुभएको छ। वडा अध्यक्षहरु तर्फ वडा नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार सतेन्द्र रायले ४ सय ११ मत , वडा नम्बर २ मा नेकपा एकीकृतका राकेश रामले ३ सय ६३ मत , वडा नम्बर ३ मा नेपाली कांग्रेसका रघुनाथ शाहले ६ सय ६३ मत , वडा नम्बर ४ मा लोसपाका सुवोध राय यादवले ९ सय ८० मत , वडा नम्बर ५ मा लोसपाका अनिल कुमार यादवले ३ सय ५२ मत , वडा नम्बर ६ मा नेपाली कांग्रेसका गणेश शाहले ४ सय ९४ मत ल्याउदै निर्वाचित भएका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०२:०२
प्रतिक्रिया दिनुहोस्