Nic Ad Nic Ad
Nic Ad Nic Ad

कैलालीको गोदावरीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

शुक्रबार, मंसिर ९, २०७९
कैलाली - सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका बीरेन्द्रप्रसाद भट्ट निर्वाचित भएका छन् । भट्ट १५ हजार ५०१ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्दी नेकपा एमालेका गोकर्ण भट्टले ११ हजार २२४ मत ल्याएका छन् । उपमेयरमा भने नेकपा एमालेकी शारदादेवी रोकाया विजयी भएकी छन् । उनले १० हजार ६७० मत ल्याइन् । सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहेकी एकीकृत समाजवादीकी रत्ना कडायतले ९ हजार ९८३ मत ल्याइन् । कुल ५५ हजार ४९३ मतदाता रहेको गोदावरी नगरपालिकामा ३६ हजार ५६० मत खसेको थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:०२
प्रतिक्रिया दिनुहोस्