बालेनको मत १७ हजार नाघ्यो, स्थापितसँग ८ हजार र सिर्जनासँग ९ हजार बढीको अग्रता
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मतगणना चलिरहेको छ । मेयरमा स्वतन्त्र उम्मेदवार बनेका बालेन्द्र साह वालेनको अग्रता कायमै छ । पछिल्लो परिणाम अनुसार बालेनले १७ हजार मत कटाएका छन् । उनले १७ हजार ३१ मत प्राप्त गरेका छन् ।
उनले एमालेका उम्मेदवार केशव स्थापितलाई ८ हजार १५५ र कांग्रेसका उम्मेदवार सिर्जना श्रेष्ठ (सिंह) लाई ९ हजार ९० मतले पछि पारेका छन् । स्थापितले ८ हजार ८७६ र सिंहले ७ हजार ९४१ मत पाएकी छन् ।
उपमेयरमा एमाले उम्मेदवार सुनिता डंगोलको फराकिलो अग्रता कायमै छ ।
अहिले वडा नम्बर ४, ६, ७, २८, २९, ३०, ३१ र ३२ को गणना चलिरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ००:२८
प्रतिक्रिया दिनुहोस्