Nic Ad Nic Ad
Nic Ad Nic Ad

कर्णालीका ६० पालिकाको नतिजा : कांग्रेस पहिलो, माओवादी दोस्रो, एमाले तेस्रो (सूची)

शुक्रबार, मंसिर ९, २०७९
सुर्खेत - कर्णाली प्रदेशका ७९ पालिकामध्ये ६० वटाको नतिजा आएको छ । जसमध्ये कर्णालीका तीन पालिकामा निर्विरोध नेतृत्व चयन भइसकेको थियो भने बाँकी ५७ वटा पालिकाको मतगणना सकिएसँगै नतिजा आएको निर्वाचन आयोगले जनाएको छ । १९ पालिकाको भने मतगणना जारी छ । ६० पालिकाको नतिजाअनुसार नेपाली कांग्रेस २५ पालिकाको नेतृत्वसहित पहिलो स्थानमा छ । दोस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले १८ पालिका जितेको छ भने नेकपा एमालेले ११ पालिका जितेको छ । नेकपा एकीकृत समाजवादीले तीन पालिका जितेको छ । प्रदेशका तीन पालिकाको नेतृत्वमा स्वतन्त्र उम्मेदवारले जितेका छन् । कांग्रेसले जितेका पालिका १) खार्पुनाथ गाउँपालिका (हुम्ला)- कणर्बहादुर रावल २) कुमाख गाउँपालिका (सल्यान)- मानबहादुर बुढाथोकी ३) त्रिवेणी गाउँपालिका (सल्यान)- खिमबहादुर रावत ४) भैरवी गाउँपालिका ( दैलेख)- रिताकुमारी शाही ५) कनकासुन्दरी गाउँपालिका(जुम्ला) - दामोदर आचार्य ६) महाबु गाउँपालिका(दैलेख) - लक्ष्मण गुरुङ ७) ठूलोभेरी नगरपालिका(डोल्पा) - स्वणर्बहादुर बुढा ८) हिमा गाउँपालिका(जुम्ला) - लक्ष्मण शाही ९) तिलागुफा नगरपालिका(कालिकोट)- शंकरप्रसाद उपाध्याय १०) मुगूम कार्मारोङ गाउँपालिका (मुगु) - छिरिङ क्याप्ने लामा ११) सिद्धकुमाख गाउँपालिका (सल्यान)- भरत गिरी १२) ठाटीकाँध गाउँपालिका(दैलेख)- रक्षबहादुर शाह १३) कुशे गाउँपालिका (जाजरकोट) - हरिचन्द्र बस्नेत १४) बाँफिकोट गाउँपालिका(रुकुम पश्चिम) - जनककुमार बाँठामगर १५) चामुण्डा विन्द्रासैनी नगरपालिका(दैलेख) - गणेशकुमार शाही १६) शारदा नगरपालिका (सल्यान) - प्रकाश भण्डारी १७) शिवालय गाउँपालिका (जाजरकोट) - शेरबहादुर शाही १८) पातारासी गाउँपालिका (जुम्ला) - पूणर्सिंह बोहोरा १९) छायाँनाथ रारा नगरपालिका (मुगु) - विष्णुकुमार भाम २०) पञ्चपुरी नगरपालिका (सुर्खेत) - लालविर भण्डारी २१) बराहताल गाउँपालिका (सुर्खेत) -भीम बहादुर भण्डारी २२) लेकबेशी नगरपालिका (सुर्खेत) -उमेश कुमार पौडेल २३) नरहरीनाथ गाउँपालिका (कालिकोट) - नगेन्द्रबहादुर विष्ट २४) गुर्भाकोट नगरपालिका ( सुर्खेत) - हस्त पुन २५) छेडागाड नगरपालिका (जाजारकोट) - रत्नबहादुर खड्का माओवादीले जितेका पालिका १) जगदुल्ला गाउँपालिका (डोल्पा) - नारासिङ रोकाय २) मुड्केचुला गाउँपालिका(डोल्पा) - दत्तबहादुर शाही ३) नौमुले गाउँपालिका (दैलेख) - छविराम सुवेदी ४) ताँजाकोट गाउँपालिका (हुम्ला)- लालकेश जैसी ५) सानीभेरी गाउँपालिका(रुकुम पश्चिम) - बिर्खबहादुर विष्ट ६) नाम्खा गाउँपालिका(हुम्ला) - प्रेमबहादुर लामा ७) पलाँता गाउँपालिका (कालिकोट) - विष्णुबहादुर रोकाया ८) भगवतिमाई गाउँपालिका(दैलेख) - गणेश थापा ९) शुभकालिका गाउँपालिका(कालिकोट)- गोविन्दप्रसाद आचार्य १०) सिमकोट गाउँपालिका (हुम्ला) - विजय भण्डारी ११) सिंजा गाउँपालिका (जुम्ला) - पूणर्प्रसाद धिताल १२) नलगाड नगरपालिका (जाजरकोट) - डम्बरबहादुर रावत १३) बनगाड कुपिण्डे नगरपालिका (सल्यान) - कणर्बहादुर बुढाथोकी १४) त्रिवेणी गाउँपालिका (रुकुम पश्चिम) - गणेशकुमार केसी १५) महाबै गाउँपालिका (कालीकोट) - खेमबहादुर सिंह १६) चौरजहारी नगरपालिका (रुकुम पश्चिम) - पुष्प बादी १७) आठबिसकोट नगरपालिका (रुकुम पश्चिम) - रबि के.सी. १८) दार्मा गाउँपालिका (सल्यान) -निम बहादुर केसी एमालेले जितेका पालिका १) शेफोक्सुण्डो गाउँपालिका (डोल्पा)- धावा सम्डुङ गुरुङ(निर्विरोध) २) गुराँस गाउँपालिका (दैलेख) - टोपबहादुर बिसी ३) डुङ्गेश्वर गाउँपालिका (दैलेख)- सुन्दरकुमार केसी ४) नारायण नगरपालिका (दैलेख) - लोमन शर्मा ५) जुनीचाँदे गाउँपालिका (जाजरकोट) - बेदबहादुर शाही ६) चिङ्गाड गाउँपालिका (सुर्खेत) - बोधविक्रम जिसी ७) भेरी नगरपालिका (जाजरकोट) - सिपी घर्ती ८) त्रिपुरासुन्दरी नगरपालिका (डोल्पा) - जुनचन्द्र रोकाय ९) कालिमाटी गाउँपालिका (सल्यान) - दानबहादुर केसी १०) छत्रेश्वरी गाउँपालिका (सल्यान) - ओज बहादुर बुढाथोकी ११) आठविस नगरपालिका (दैलेख) - तर्क बहादुर बडुवाल एकीकृत समाजवादीले जितेका पालिका १) काइके गाउँपालिका (डोल्पा)- अंगतकुमार राना (निर्विरोध) २) छार्काताङसोङ गाउँपालिका (डोल्पा)- सेनाङ गुरूङ (निर्विरोध) ३) कपुरकोट गाउँपालिका(सल्यान)- दुर्गा पुन स्वतन्त्र उम्मेदवार १) खाँडाचक्र नगरपालिका (कालीकोट)- कमलबहादुर शाही २) सान्नी त्रिवेणी गाउँपालिका (कालीकोट)- मोहनबहादुर केसी ३) चन्दननाथ नगरपालिका (जुम्ला)- राजुसिंह कठायत
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०५:०५
प्रतिक्रिया दिनुहोस्