Nic Ad Nic Ad
Nic Ad Nic Ad

रुपन्देही देवदहमा एमालेले जित्यो मेयर र उपमेयर

शुक्रबार, मंसिर ९, २०७९
रुपन्देही - रुपन्देहीको देवदह नगरपालिकाको मेयर र उपमेयर दुवै पद नेकपा एमाले निर्वाचित भएको छ । मेयर पदमा ध्रुव खरेल र उपमेयरमा विद्यालक्ष्मी गुरुङ निर्वाचित भएका छन् । मेयरमा निर्वाचित खरेलले नेपाली कांग्रेसका हिरा खत्रीलाई १,६२० मत अन्तरले पराजित गरेका हुन् । खरेलले १२ हजार ९४३ मत पाउँदा खत्रीले ११ हजार ३२३ मत पाए । खत्री २०७४ सालको निर्वाचनमा एमालेका टीकाराम चापागाईंलाई पराजित गरी नगर प्रमुख निर्वाचित भएका थिए । गुरुङले २०७४ सालमा पनि उपमेयर जितेकी थिइन् । उनले ३,७८४ मत पाउँदा नेकपा माओवादी केन्द्रकी सुन्दरी गिरीले ७,२९० मत पाएकी छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०५:०४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार