सर्लाहीको चन्द्रनगर अध्यक्षमा नेपाली कांग्रेसको विजयी, कुन वडामा कसको जित ?
काठमाडौं - सर्लाहीको चन्द्रनगर गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार राजकुमार महतो विजयी भएका हुन् । उनी निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार लोकेन्द्र मुखियालाई पराजित गरेका हुन् । महतोले ३९९५ मत ल्याएका छन् भने मुखियाले ३५३६ मत ल्याएका छन् ।
यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार गीतादेवी महतो ३८६० मतसहित विजयी भएकी छन् । यस्तै उपाध्यक्षकी निकटतम प्रतिस्पर्धी कांग्रेसबाट उपाध्यक्ष पदको उम्मेदवार मन्जु देवीले २९५८ मतपाएकी छिन् ।
यस्तै वडातर्फ १ नम्बरमा कांग्रेसका रामेश्वरप्रसाद महतो, २ मा कांग्रेसकै शम्भु साह तेली, ३ मा माओवादी केन्द्रका सीताराम महतो, ४ मा स्वतन्त्र राजीवसिं दनुवार, ५ मा लोसपाका सूर्यवंश राय, ६ मा माओवादी केन्द्रका रामस्वरूप कुर्मी र ७ मा माओवादी केन्द्रका दिपेन्द्रकुमार चौधरीले जित निकालेका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २३:३६
प्रतिक्रिया दिनुहोस्