जाजरकोटको बारेकोटमा एमालेले सत्ता गठबन्धनलाई हरायो
सुर्खेत - जाजरकोटको बारेकोट गाउँपालिकामा नेकपा एमालेका वीरबहादुर गिरी विजयी भएका छन् । विजयी भएका गिरीले सत्ता गठबन्धनबाट साझा उम्मेदवार नेपाली कांग्रेसका निवर्तमान गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहलाई पराजित गरेका हुन् । गिरीले ३९ सय ५४ मत ल्याएर शाहलाई पराजित गरेका हुन् ।
यस्तै उपाध्यक्षमा गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका उम्मेदवार नरबहादुर गिरी ६ सय ६३ मतसहित विजयी भएकबा छन् । उनले एमालेकी उम्मेदवार गिता सिहलाइ पराजित गरेका हुन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ००:३०
प्रतिक्रिया दिनुहोस्