Nic Ad Nic Ad
Nic Ad Nic Ad

भक्तपुरमा सूर्यविनायकले जोगायो एमालेको साख

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ– भक्तपुरको सूर्यविनायक नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ । नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) गठबन्धनका उम्मेदवार एमालेसँग पराजित भएका छन् ।

प्रमुखमा वासुदेव थापा र उपप्रमुखमा सरिता भट्टराई निर्वाचित भएको सहायक निर्वाचन अधिकृत सरिता खतिवडाले जानकारी दिइन् । थापा १४ हजार ७५८ मतका साथ निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका निशान ढुङ्गेलले १३ हजार २३२ मत प्राप्त गरे ।

त्यसैगरी उपप्रमुखमा भट्टराई १४ हजार ४९० मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका श्याम बस्नेतले ६ हजार ६६१ मत प्राप्त ल्याए ।

एमालेका उम्मेदवार वडा नं १, ५, ७, ८ र १० वडामा तथा बाँकी ५ वडामा गठबन्धनका उम्मेदवारले जित हासिल गरेका छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा भक्तपुरका चारमध्य तीन पालिका प्रमुखमा एमालेले जितेको थियो । तर, यसपटक एमालेले सूर्यविनायकमा मात्रै जित्न सकेको हो । यो एमाले अध्यक्ष केपी ओलीले मतदान गरेको पालिका समेत हो । एमाले नेता महेश बस्नेत पनि यहि नगरपालिकाका बासिन्कोदा हुन् ।

अघिल्लोपटक एमालेले जितेको चाँगुनायणा र मध्यपुर थिमिमा कांग्रेसले जितेको छ ।

भक्तपुर नगरपालिकामा भने नेपाल मजदुर किसान पार्टी यसपटक पनि विजयी भएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:२८
प्रतिक्रिया दिनुहोस्