काठमाडौँमा रोकिएनन् बालेन, स्थापित भन्दा १०,६९१ मतले अगाडि
काठमाडौँ– काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले अग्रता कायमै राखेका छन् ।
केही समय अघि प्राप्त मत परिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार साहले १० हजार ६९१ मतान्तरका साथ आफ्नो अग्रता कायम राखेका छन्। उनले २१ हजार ८१५ मत प्राप्त गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केशव स्थापितले ११ हजार १२४ तथा नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठले १० हजार ३४१ मत प्राप्त गरेको काठमाडौँका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौड्यालले जानकारी दिए ।
एमालेको तर्फबाट उपप्रमुखका उम्मेदवार सुनिता डङ्गोलले १९ हजार ६५६ मतका साथ आफ्नो अग्रता कायम राखेकी छन् भने एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ६ हजार ३१६ मत प्राप्त गरेका छन् ।
हालसम्म ५२ हजार बढी मत गणना भएको छ । प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृमा बाँकी वडाको मत गणना भइरहेको छ ।