Nic Ad Nic Ad
Nic Ad Nic Ad

विराटनगरमा नागेश कोइराला ४८३५ मत अन्तरले अगाडि

शुक्रबार, मंसिर ९, २०७९

विराटनगर– मोरङको विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले १९ हजार १७३ मतसहित अग्रता जारी राखेका छन् ।

उनले नेकपा एमालेका उम्मेदवार सागर थापालाई ४ हजार ८३५ मत अन्तरले पछाडि पारेका छन् । थापाले १४ हजार ३३८ मत पाएका छन् ।

हालसम्म विराटनगरमा ५९ हजार ८३० मत गणना भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

स्वतन्त्र उम्मेदवार उमेश यादवको पक्षमा ६ हजार १८५ र राप्रपाका उम्मेदवार प्रह्लाद साहले ३ हजार ७०८ मत पाएका छन् ।

उपप्रमुख पदमा नेकपा एमाले उम्मेदवार शिल्पा कार्कीले अग्रता लिएकी छन् । कार्कीले १६ हजार ७५२ मत पाउँदा जसपाका अमरेन्द्र यादवले ९ हजार ८१५, राप्रपाकी विन्दा लुइटेल आचार्यले ४ हजार ४९३ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ३ हजार ५४९ मत पाएकी छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०५:०३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार