बढ्यो सुन र चाँदीको भाउ
काठमाडौं - नेपाली बजारमा आज (बिहीबार) सुन र चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।
यससँगै छापावाल सुनको भाउ प्रतितोला ९६ हजार ३ सय रुपैयाँ पुगेको छ । त्यस्तै तेजावी सुनको भाउ पनि प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा पुगेको छ । त्यस्तै बिहीबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १२५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १०:०९
प्रतिक्रिया दिनुहोस्