धरानमा लौरोको अग्रताः मेयरका उम्मेदवार साम्पाङ भन्छन् जित्छु
धरान । धरान उप–महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हर्क साङपाङले अग्रतालाई कायमै राखेका छन् । लौरो चुनाव चिन्ह पाएका साङपाङले कांग्रेसका किशोर राईभन्दा २७० मतको अन्तरमा अग्रता लिएका छन् ।
पछिल्लो मतपरिणाम अनुसार साङपाङले ९ हजार २९५ मत ल्याउँदा काँग्रेसका राईले ९०२५ मत पाएका छन् । यसअघिको चुनाबमा मेयर र उपमेयर जितेको एमाले भने तेस्रो स्थानमा छ । एमालेकी मेयर उम्मेदवार मञ्जु भण्डारीले ७ हजार २८८ मत ल्याएकी छिन् ।
उपमेयरमा गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका आइन्द्र विक्रम बेघाले १० हजार १७९ मत ल्याएर अग्रता कायम गर्दा एमालेका पदम इस्बो लिम्बुको ९ हजार ७३५ मत छ।
मतगणनामा अग्रता लिएका साम्पाङ उत्साही छन् । आफ्नो क्षेत्रकै गणना बाँकी रहेकाले आफु जित्नेमा विश्वस्त रहेको उनले बताए । साम्पाङ धरानमा खानेपानी, वातावरण संरक्षण लगायत अभियानमा लागेका अभियन्ता हुन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०१:०३
प्रतिक्रिया दिनुहोस्