पीडितलाई सहयोग गर्न नसकेकोमा माल्भिकाले मागिन् माफी भन्छिन्- मप्रति तपाइँको घृणा जायज छ
काठमाडौँ– पूर्व मिस नेपाल माल्भिका सुब्बाले ब्युटि प्याजेन्ट आयोजना गरी आफूलाई बलात्कार गरेको दाबी सहित सार्वजनिक भएको भिडियोकी पीडितलाई आफूले आवश्यक सहयोग गर्न नसकेको भन्दै माफी मागेकी छिन् ।
सामाजिक सञ्जाल इन्टाग्राममा माल्भिकाले पीडितलाई सहयोग गर्न नसकेको भन्दै माफी मागेकी हुन् ।
उनले लेखेकी छन्, ‘पीडकको बारेमा बुझ्न खोज्दा तपाई कुरा नसुन्नु, विश्वास नगर्नु, समर्थन नगर्नु मेरो भूल हो, यो माफी दिन लायक कार्य होइन, र मलाई माफी दिनुपर्छ भनेर मैले आशा पनि गरेको छैन । तपाई मसँग रिसाउनु तपाईंको अधिकार हाे । तपाईँलाई त्यो अवस्थामा सहयोग नगरेकोमा तपाईंले मलाई गरेको घृणा जायज छ । तपाईंले भोगेको पीडामा कानुनी उपचार दिलाउन नसक्नुमा मेरो पनि योगदान रहेको स्वीकार गर्दछु ।'
टिकटकमा ती युवतीले ब्युटी प्याजेन्ट आयोजना गर्ने एक ब्यक्तिले आफूलाई पटक पटक बलात्कार र याैन शाेषण गरेकाे भन्दै त्यसबारे सहयोगका लागि आग्रह गर्दा माल्भिकाले सहयोग नगरेको बताएकी छन् । भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा माल्भिकाकाे आलोचना भइरहेको छ ।
याे पनि, यौन दुर्व्यवहारको घटनामा आफूलाई मुछिएकोप्रति फोटो पत्रकार पौडेलको आपत्ती
View this post on Instagram
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २३:३२
प्रतिक्रिया दिनुहोस्